काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भनेको खोपाको देउता नभएको बताएका छन् ।  त्यसैगरी उनले पार्टीका कार्यक्रमहरूमा खादा र मालाको प्रयोग धेरै नगर्नसमेत  आग्रह गरेका छन् ।


ADVERTISEMENT


उनले मञ्चमा धेरै जना आसनग्रहण नगर्न पनि आग्रह गरेका छन् । केन्द्रीय कमिटी बैठकमा आज बोल्दै अध्यक्ष ओलीले धेरै जना नेतालाई आसनग्रहण गर्न जरूरी नहुने पनि बताए ।


ADVERTISEMENT

# # #


‘मञ्चमा किन आसनग्रहण गर्नुपर्‍यो । यो कुरा छाडौं,’ उनले भने, ‘प्रदेश कमिटीमै ५० जनाजति हुनुहुन्छ, आसनग्रहण नगरौं।’

उनले भरसक माला र खादाको प्रयोग नगर्न आग्रह गरेका थिए। ‘माला र खादाको तमासा नगरौं,’ उनले भने, ‘स्थानीय फूलहरू प्रयोग गरौं। फूलको माला प्रयोग गरौं।’

उनले नेता भनेको हाकिम नभएको बताए । उनले नेता तथा कार्यकर्तालाई हाकिम हुन छाड्नसमेत आग्रह गरेका छन्। ‘नेता भनेको खोपाको देउता होइन,’ उनले भने।