काठमाडौं – पपुवा न्युगिनी (पीएनजी) सँगको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल पराजित भएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार दोस्रो एकदिवसीयमा नेपाललाई ३ विकेटले हराउँदै पीएनजीले सिरिज २–० ले जितेको हो । नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।


ADVERTISEMENT

# # #


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । १ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने ।

एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो । युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो ।

उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो । अब पीएनजीले नेपाल र मलेसियासँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ ।