काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सको ‘धनपती बीमा योजना’मा ग्राहकको आकर्षण बढ्दो देखिएको छ ।


ADVERTISEMENT


आफ्ना ग्राहकको उचित लाभ र फाइदालाई मध्यनजर गर्दै इन्स्योरेन्सले ल्याएको ‘धनपती बीमा योजना’ प्रति पछिल्लो समय सर्वसाधारणको क्रेज बढ्दो देखिएको हो


ADVERTISEMENT

# # #


११ वर्षदेखी ७० वर्ष उमेर समूह सहभागी हुन सक्ने भनिएको यस योजना बमितहरुले न्युनतम ५० हजारदेखि शुरु गर्न सक्नेछन् । यस्तै, १२, १५ र २० वर्ष गरी छुट्टाछुट्टै बिमा अवधि तोकिएको यसअन्तर्गत ग्राहकले १२ वर्षे अवधीको लागी बीमांकको पहिलो ४ वर्षमा २५ प्रतिशत, दोस्रो ८ वर्षमा २५ प्रतिशत र पछिल्लो १२ वर्षमा ५० प्रतिशत र बोनस फिर्ता पाइने व्यवस्था रहेको छ ।

यसैगरि, १५ वर्षेमा बीमांकको पहिलो ५ वर्षमा २५ प्रतिशत, दास्रो १० वर्षमा २५ प्रतिशत र अन्तिम १५ वर्षमा ५० प्रतिशत र बोनस पाइनेछ । त्यस्तै २० वर्षे अवधिमा बीमांकको पहिलो ५ वर्षमा २० प्रतिशत, दोस्रो १० वर्षमा २० प्रतिसत, तेस्रो ५ वर्षमा २० प्रतिशत र अन्तिम २० वर्ष अवधीमा ४० प्रतिशत र बोनस समेत पाउन सक्नेछ ।

 

योजनामा अधिकतम आयस्रोतको आधारमा पोलिसी किन्न सकिने यस योजनामा अतिरिक्त बीमा शुल्क तिरेर दुर्घटना मृत्यूलाभ सुविधा रहेको कम्पनीको भनाई छ ।