काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १८४ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको हो ।नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । त्यसक्रममा उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि रोहित पौडेलसँग मिलेर ८० रनको महत्वपूर्ण साझेदारी गरे ।


ADVERTISEMENT

# # #


रोहितले २६ बलमा २ चौका र १ छक्काको मदतमा ३४ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले २० बलमा ३ चौका र २ छक्काको मदतमा ३१ रन जोडे । कुशल भुर्तेलले रनआउट हुनुअघि ११ बलमा ३ चौका र १ छक्का ठोक्दै २० रनको योगदान दिए । यस्तै करण केसीले ७ बलमा २ छक्का ठोक्दै १४ तथा कुशल मल्लले ५ बलमा १ चौका र १ छक्का साथ ११ रन जोडे ।

पीएनजीका लागि एलाई नाओ, चाद सोपेर र चार्ल्स अमिनीले समान २–२ विकेट लिए । यस्तै रिले हेक्यूरे र नर्मन भानुआका नाममा १–१ विकेट रह्यो ।

पीएनजीले जवाफी ब्याटिङ गर्दैछ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आयोजक नेपाल सहित पीएनजी र मलेसिया भिड्दैछन् ।

यसअघि नेपालमै पीएनजीसँग दुईदेशीय एकदिवसीय सिरिज २–० ले हारेको नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनीविरुद्ध बदला लिने दाउमा रहेको छ ।