काठमाडौं – समृद्धि फाइनान्समा खाता खोल्दा एनसेलको सिमकार्ड निस्शुल्क पाइने भएको छ ।


ADVERTISEMENT


नयाँ खाता खोल्दा एनसेलको ५० रुपैयाँ व्यालेन्स भएको सिमकार्ड पाइने स्किम फाइनान्सले ल्याएको हो । फाइनान्समा ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।


ADVERTISEMENT

# # #


फाइनान्सले मुद्दति निक्षेपमा १२।२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहितका विभिन्न बचत खाताहरु संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ ।