काठमाडौं – नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा बुधबार सदस्यहरु मनोनीत गरिएको हो ।


ADVERTISEMENT


समितिमा पार्टी पदाधिकारीसहित केन्द्रीय सदस्य समेटिएको छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि समिति सदस्य छन् ।


ADVERTISEMENT

# # #


साथै आठ जना सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार पनि सदस्य छन् ।

समिति सदस्यमा कांग्रेसका पूर्वपदाधिकारीलाई पनि समेटिएको छ । पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र प्रवक्ता प्रकाशशरण महत पनि समिति सदस्य तोकिएका छन् ।

यसैगरी नेता शेखर कोइराला, बालकृष्ण खाँण, पद्मनारायण चौधरी, एनपी साउँद, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, डिला सङ्ग्रौला, लक्ष्मी परियार, योगेन्द्र चौधरी सदस्य मनोनित भए ।

केन्द्रीय सदस्यहरु महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, मधु आचार्य, मदनबहादुर अमात्य, उमेशजङ्ग रायमाझी, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रङ्गमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला, सीताकुमारी राना र जीवन राना पनि सदस्य मनोनित भएको कांग्रेसले जनाएको छ।

समितिले आजका लागि बैठकसमेत राखेको छ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

सभापति शेरबहादुर देउवाले आफूनिकट खड्कालाई निर्वाचन परिचालन समिति संयोजक तोकेका थिए । समिति सदस्यहरूमा भने देउवा र कोइराला पक्षका नेताहरू समेटिएका छन् ।