काठमाडौँ – प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र जयशंकर शुक्रबार साँझ भेटवार्ता भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ । भेटमा नेपालका तर्फबाट प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री डा. नारायण खड्काको पनि उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा ५० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए । उनले आजै भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेका थिए ।