काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा नेपाली काँग्रेसको सभपतिका रुपमा भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा गएको बताएका छन् । प्रधानमन्त्री देउवा कुटनीतिक मर्यादाविपरित भाजपा मुख्यालयमा गएको भन्दै चौतफी विरोध भएको थियो ।


ADVERTISEMENT


भारतको तीनदिने भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री देउवा प्रधानमन्त्रीका रुपमा नभई काँग्रेसको सभापतिका रुपमा भाजपा कार्यालयमा गएको र त्यो कुटनीतिक मर्यादाभित्रै पर्ने जिकिर गरे । प्रधानमन्त्री काँग्रस र भाजपाबीच सम्बन्ध विस्तारका लागि भाजपा कार्यालय गएको उनले थपे ।


ADVERTISEMENT

# # #


‘यो पक्कै कुटनीतिक मर्यादाभित्र पर्दैन भन्ने कुरा ठिक होइन । नेपाली काँग्रेसले अन्य देशका विभिन्न पार्टीहरुसँग मैत्रिपूर्ण सम्बन्ध राख्दै आएको छ । नेपाली काँग्रेसको चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय नेसनल काँग्रेससँग पनि सम्बन्ध छ ।’ उनले भने, ‘भारतीय जनता पार्टी कार्यालयमा उहाँ प्रधानमन्त्रीका रुपमा नभई काँग्रेसको सभापतिको रुपमा पार्टी–पार्टीबीचको सम्बन्ध विस्तारका लागि जानुभएको हो ।’

यस्तै पररराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको बताए । उनले भने, ‘मैत्रिपूर्ण सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनका लागि यो भ्रमणले अत्यन्त सकारात्मक भएको छ । यस भ्रमणले महत्वपूर्ण योगदान गरेको हामीलाई अनुभूति भएको छ ।’ उनले भ्रमणका क्रममा विभिन्न समझदारी भएको र दुई देशको सम्बन्धको बारेमा चर्चा भएको बताए ।

त्यस्तै भ्रमणका क्रममा सीमासम्बन्धी विषयहरु आपसी छलफल र कूटनीतिक माध्यमबाट संम्बोधन गर्नुपर्नेमा नेपालले जोड दिएको बताए । उनले भम्रणमा नेपालको हितका विषयमा खुलेर कुरा भएको बताए ।