काठमाडौं – नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले २३ चैतभित्र स्थानीय तहको वस्तुगत स्थिति विश्लेषण गर्ने निर्णय गरेको छ। त्यसैको आधारमा स्थानीय तहको बाँडफाँड गरिने भएको छ।


ADVERTISEMENT


बैठकको पहिलो निर्णयमा भनिएको छ, ‘सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूको केन्द्रीय संयन्त्रको निर्णय र निर्देशन अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न बागमती प्रदेशका सबै जिल्लाले जिल्लास्तरीय संयन्त्रको बैठक गरी पालिका स्तरको संयन्त्रको बैठकले प्रस्तुत गरेको विश्लेषणको आधारमा वस्तुगत स्थितिको विश्लेषण सहितको प्रतिवेदन २३ चैत दिनको ३ बजेभित्र प्रस्तुत गर्न सबै दलले आफ्ना जिल्ला समितिमा निर्देशन दिने।’


ADVERTISEMENT

# # #


त्यस्तै, अर्को निर्णयमा ‘बागमती प्रदेशका ११९ वटै पालिकाहरूमा सरकारमा सहभागी दलहरूले स्थानीय निर्वाचन २०७४ मा पाएको मतको अवस्था र विजय भएका स्थानबारेको हाल सरकारमा सहभागी पाँच वटै दलको विकसित जनमतको अध्ययन गरी अर्को बैठकमा निष्कर्षमा पुग्ने’ भनिएको छ।

बैठकमा कांग्रेस प्रदेश सभापति बानियाँ, नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री, नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ, जनता समाजवादी पार्टीका सोनाम सिंह स्याङतान र राष्ट्रिय जनमोर्चाकी मीना पुन सहभागी थिए।