हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । मंगलबार बिहान उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।


ADVERTISEMENT


हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दाैडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइते मध्ये तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरि र दुर्इ जना विमानकै स्टाप रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य भएको प्रजिअ बास्कोटाले बताए ।

घाइतेको अवस्था हेरी सुर्खेत या नेपालगञ्ज लैजाने तयारी गरिएको प्रजिअ बास्कोटाले जानकारी दिए ।