काठमाडौं – ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ । आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने जनाएको छ ।


ADVERTISEMENT


आयोगले करिब २५ प्रतिशत जगेडासहित सो संख्यामा मतपत्र छाप्न लागेको हो। निर्वाचनका लागि देशभर कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम छन् ।


ADVERTISEMENT

# # #


आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ । आयोगका अनुसार मतपत्र छाप्न करिब २५ देखि २८ दिन समय लाग्नेछ ।

निर्वाचन आयोगले ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगका अनुसार सबैभन्दा बढी मतपत्र काठमाडौंको हुनेछ भने सबैभन्दा कम डोल्पाको हुने छ ।

आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ वटै जिल्लामा ७७ प्रकारका मतपत्र छपाइ गर्नेछ । देशभरका स्थानीय तहमा प्रयोग हुने मतपत्रमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको चुनाव चिह्न रहनेछन्। अन्य चिह्न भने जिल्लामा रहेका दल र स्वतन्त्र उम्मेदवारका हुनेछन् ।

यसैगरी, आयोगल एक लाख ८० हजार थान नमुना मतपत्र छापेको छ।