काठमाडौँ– उदयपुरमा बन्न निर्माण गर्न लागिएको एक विद्यालयको शिलान्यास गरिएको छ ।


ADVERTISEMENT


मंगलबार एक समारोहबीच भारतीय सहकार्यमा बन्न लागेको गाईघाट, त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास गरिएको हो ।


ADVERTISEMENT

# # #


परराष्ट्रमन्त्री डा. नारायण खड्का एवम् भारतीय कार्यवाहक राजदूत नामग्य सी खम्पाले संयुक्त रुपमा सो शिलान्यास गरे ।

सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ३ करोड ११ लाख रुपैयाँको लागतमा निर्माण कार्य अघि बढेको सो विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन् ।