काठमाडौं – जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ । सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।


ADVERTISEMENT


पीडितहरूलाई ५०-५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ । पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन् । ४२ वर्षीय तत्माले भने, ‘न्याय पाउने आस मरिसकेको थियो । ढिलै भए पनि न्याय पाएँ ।’


ADVERTISEMENT

# # #


तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अदालतले अभियुक्तहरूलाई दोषी ठहर गरेकोमा सन्तोष जनाइन् । अदालतले आफ्नो पक्षमा फैसला गरे पनि दलितलाई समाजमा फर्किएर सामान्य रूपमा जीवन जिउन गाह्रो रहेको उनले बताइन् ।

‘दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै हामीले न्याय पाउँदैनौं । समाजले बराबरी स्वीकार गर्नुपर्छ’, उनले भनिन्, ‘अमानवीय व्यवहार हुने सबै खाले विभेदको चलन हटाउनु पर्छ ।’  समाचार अन्नपूर्ण पोस्टदैनिकबाट ।