काठमाडौँ – प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याएर नक्कली नम्वर प्लेट राखिएका ७ वटा बुलेट मोटरसाईकल बरामद गरेको छ ।


ADVERTISEMENT


भारतीय नाकाबाट विभिन्न मोटरसाईकल भन्सार छलि र चारी पैठारी गरि नेपाल भित्राई नक्कली नम्वर प्लेट राखि कारोवार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका बिभिन्न स्थानबाट ७ वटा बुलेट मोटरसाईकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सस्तोमा मोटरसाईकल बिक्रि गर्ने भन्दै केही व्यक्तिले ग्यारेजमा मोटरसाईकल छाडेर गएको पाइएकाले ती व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको कोईरालाले बताए । नेपालमा विक्रिवितरण नै नभएका करिव पाँच लाख पर्ने वुलेटका नयाँ मोडलहरु नै नेपालको नम्वर प्लेटमा दुई लाख सम्ममा विक्रि गर्न खोजिएको उनले जानकारी दिए ।

बरामद भएका करिव २१ लाख मुल्य बराबरको रोयल इन्फिल्ड कम्पनीका बुटेल मोटरसाईकललाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौचरणमा पठाइएको महाशाखाले जनाएको छ ।