काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला ‘गोविन्द बन्दी’ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराइएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाको सिफारिसमा आज कोइराला मन्त्रीमा नियुक्त भएका हुन् ।