काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताका केही बुँदामा असहमति जनाएको छ ।


ADVERTISEMENT


बिहीबार एमालेका महासचिव शंकर पोखरेलको टोलीले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्दै आचारसंहितमा संविधान र कानुनसँग बाझिएका विषय राखेको भन्दै लिखित रुपमा ६ बुँदे असहमति प्रस्तुत गरेको हो ।


ADVERTISEMENT

# # #


एमालेले आचारसंहितामा संविधान र कानुनसँग बाझिएको बाहेकका विषय मात्रै मान्ने भन्दै जनाएको छ । उम्मेदवार मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था, कुनै पनि तहको कार्यपालिका सदस्य, मन्त्री, प्रधानमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा रोक लगाउने आचार संहिताको व्यवस्थामा एमाले असहमति छ ।

एमालेले संविधान र संसदबाट पारित कानुनप्रति एमाले प्रतिवद्ध रहेको भन्दै आयोगले तयार गरेको आचारसंहिता संविधान र कानुनसँग बाझिएको अवस्थामा बाहेक पालना गर्ने महासचिव पोखरेलले बताए । उनले कतिपय बिषयले निर्वाचन प्रचार प्रसारमा समस्या हुने देखिएकाले स्पष्ट पार्न आग्रह गरिएको धारणा राखे ।

त्यस्तै एमालेले उम्मेदवारले आफ्नो कार्यालयबाहेक अन्यत्र झण्डा र चुनाव चिह्न प्रयोग गर्न नपाउने, अनलाइन र वेवपेजबाट जुलुस तथा सभाको प्रचार थर्न नपाउने व्यवस्थाको पनि आशय खुलाउन माग गरेको छ ।