काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएका २८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।


ADVERTISEMENT


उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित कार्यक्रमका बीच पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


एसएसपी जोशीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारीताका साथ कार्यक्षेत्रमा क्रियाशिल रहनुपर्ने बताए ।

थपिएको नयाँ दर्जामा पदोन्नति भएकोमा गर्व बोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्न उनले निर्देशन दिए । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।