काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अर्थमन्त्रीको दबाबमा राष्ट्र बैँकका गर्भनरमाथि कारबाही गरेर गलत निर्णय लिएको आरोप लगाएको छ ।


ADVERTISEMENT


आइतबार देशको पछिल्लो आर्थिक अवस्थताबारे पत्रकार सम्मेलन गर्दै एमालेले ‘अराजक अर्थमन्त्रीको दबाबमा’ गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रधानमन्त्रीको निर्णय गलत भएको आरोप लगाएको हो ।


ADVERTISEMENT

# # #


पत्रकारसम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्षद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे तथा पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युराज खतिवडाले आफ्नो असफलता ढाक्न गभर्नरलाई कावारबाही गरिएको बताएका छन् ।

उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘अराजक अर्थमन्त्रीको दवावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिए । वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्रीफेर्नुपर्छ भन्ने चर्चा सत्ता गठवन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कार्वाही गरिएकोमा कुनै शंका छैन ।’

यस्तै एमालेले कर्मचारीतन्त्रलाई नीहित स्वार्थ अनुकूल हिँडाइ चुनाव खर्च उठाउन सरकार लागिपरेको र सरकार भू–माफिया, काला–व्यापारी र तस्करहरको चंगुलमा फँसेको एमाले बताएके छ ।

गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको र आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको एमालेको आरोप छ । एमालेले भनेको छ, ‘यो सरकार संकटोन्मूख अर्थतन्त्रलाई बचाउनेभन्दा गठबन्धन जोगाउने र सत्ताको दुरुपयोग गरी निहित स्वार्थ पूर्ति गर्नेमा मात्र तल्लीन छ ।’

सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको हावादारी दाबी गरिरहेको र आर्थिक वृद्धि भन्दा पनि देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने चिन्ता व्याप्त रहेको एमालेको भनाई छ । विगतमा पनि गभर्नरलाई हटाउने प्रयास गरेको नेपाली काँग्रेसले अहिले त्यसको पुनरावृत्ति गरेको एमालेले बताएको छ ।

गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको र यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको एमाले ठहर छ ।

एमालेले बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, देशको आयात अनियन्त्रितरुपमा बढेर आठ महिनामा करिब रु १५ खर्ब पुगिसकेको र बढ्दो आयातले उपभोग बढाउने कामबाहेक उत्पादनमा कुनै योगदान नगरेको भन्दै समयमै सोच्न सरकारलाई आग्रह समेत गरेको छ ।

त्यस्तै हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा रु २० खर्ब नाघ्ने एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमा सरकारले चाहेको भए अर्थतन्त्र सहि दिशामा जाने भएपनि त्यसो हुन नसकेको बताए । उनले सरकारले राजनीतिक प्रतिशोध साधेर नै प्रतिष्थापन बजेट ल्याएको र जसका कारण मुलुकको अर्थतन्त्र धरासयी भएको जिकिर गरे । आफ्नै ऐनका आधारमा चल्ने स्वायत संस्था राष्ट्र बैंक भएपनि अर्थमन्त्रालयले अस्वभाविक हस्तक्षेप गरेको उनले बताए । उनले गभर्नरलाई कारावही गरेर सरकारले अत्यनतै निन्दनिय काम गरेको आरोप लगाए ।

त्यस्तै पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट बनाउने समय हुन लागेका बेला राष्ट्र बैंकका गभर्नरलाई हटाउनु सरकारको ठूलो त्रुटि भएको बताए । उजले अर्थमन्त्रीको कमजोरी लुकाउनकै लागि गभर्नमाथि छानबिन सुरु गरिएको आरोप पनि लगाए । पाण्डेले श्रीलंकामा आर्थिक संटक आएपछि त्यहाँका अर्थमन्त्री देश छोडेर भाग्न लागेको विषय आफूले सुनेको बताउँदै नेपालमा पनि त्यसो अवस्था आउन नदिन सजक हुनुपर्ने धारणा राखे ।

त्यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडाले सरकार गठबन्धन बचाउन केन्द्रित हुँदा अर्थतन्त्र धरासयी हुँदा ध्यान दिन नसकेको बताए । उनले स्रोत नखुलेको सम्पती अनुसन्धान गर्नुपर्नेमा त्यस्तो सम्पती भित्राउन सरकार उद्धत भएको देखिएको आरोप लगाए । अर्थमन्त्रीले आफ्नो असफलता लुकाउन गर्भनरलाई निलम्बन गरेको भन्ने कुरामा शंका नरहेको उनको भनाई छ ।

सरकारले गत शुक्रवार गभर्नर अधिकारीमाथि विभिन्न आरोप लगाउँदै छानबिन गर्ने पूर्व न्यायाधिशको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । राष्ट्र बैंक ऐन अनुसार गभर्नरमाथि छानबिन थालिएपछि स्वतः निलम्बन हुने प्रावधान छ ।

पूर्णपाठ हेर्नुहोस् :