काठमाडौं – नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७८ चैत्र २४ गतेको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार ६ सय नाल हतियार मध्ये पहिलो चरणको हतियार हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


जंगी अड्डामा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी प्रभूराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल ईन्सास राईफल ९ हजार तथा लाईट सपोट वेपन (एल एस डब्ल) १६ सय नाल गरी जम्मा १० हजार ६ सय नाल हतियार मध्ये आईतबार पहिलो चरणमा ईन्सास ५ सय तथा लाईट सपोट वेपन ९० नाल हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुँदै उपरथी असोकराज सिग्देल क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र
प्रहरी बल, नेपालको क्षमता अभिबृद्धिमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त हतियार रक्षा सचिब किरणराज शर्मा तथा गृह सचिब टेकनारायण पाण्डेको उपस्थितिमा हस्तान्तरण भएको हो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा तथा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकद्धय पुष्पराम केसी र रामशरण पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।