काठमाडौँ– कांग्रेस नेतृ पुजा फुयालले आफ्नो जन्मदिनको अवसरमा ५० हजारको अक्षयकोष स्थापना गरेकी छन् ।


ADVERTISEMENT


नेतृ फुयालले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित आफुले पढेको विद्यालय हिमाल दर्शन माविमा जन्मदिनको अवसर पारेर ५० हजारको अक्षयकोष स्थापना गरेकी हुन् ।


ADVERTISEMENT

# # #


सो रकमले शैक्षिक गुणस्तर वृद्धि तथा बालबालिकाको पठन सिपको विकास गर्नमा खर्चिने उनले बताइन् । उनका अनुसार, अक्षयकोषबाट प्राप्त व्याजलाई कक्षा ६, ७ र ८ का गरिब तथा जेहेन्दार विद्यार्थीलाई रकम वितरण गरिने छ ।

सोही विद्यालयकी पुर्व विद्यार्थी तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी फुयालले सामाजिक एवम् शैक्षिक विकासका लागि क्रमशः पालिकाका अन्य विद्यालयमा पनि अक्षयकोष स्थापना गर्दै जाने बताइन् ।