काठमाडौँ – एनएमबि बैंक लिमिटेडले नयाँ बर्ष २०७९ लाई लक्षित गरी आफ्ना ग्राहक तथा कर्मचारीहरूका आकर्षक छुट अफर सार्वजनिक गरेको छ । बैंकले सिजीको उत्पादन एनएमबि बैंकको कुनै पनि कार्डमार्फत भुक्तानी गर्दा आकर्षक छुट दिने गरी सो अफर सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


बैंकले सिजी डिजिटलको उत्पादनहरूको २० हजारको खरिदमा एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा  २ हजार नगद फिर्ता पाइने जानकारी दिएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सीमित अवधिको लागि मात्रै लागू हुने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


अनलाइन बजार दराजबाट सामान खरिद गर्दा पनि अफर

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ बर्षको लागि अनलाइन बजार दराजबाट सामान खरिद गर्दा पनि छुट अफर उपलब्ध गराउने भएको छ ।

बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १० प्रतिशत वा एक हजारसम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा  १ हजार ५ सयसम्म छुट पाउन सक्नेछन् ।

यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागू हुने बैंकले जनाएको छ ।

‘ई-एनएमबि फोन पे स्क्यान टु पे’ गज्जबको अफर

एनएमबि बैंकका ग्राहकहरूले ईएनएमबि एपबाट स्क्यान गरी दैनिक उपभोग्य वस्तु खरिद गर्दा पनि गज्जबको अफर पाउने भएका छन् ।

यस छुट अफरअन्तर्गत बैंकले १० प्रतिशत वा रु।१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथासम्म भ्रमण गर्ने मौका पाउन सकिने बैंकले जनाएको छ ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरूले आफ्नो ईएनएमबि एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ । बैंकका अनुसार सो योजना चैत्र २९ देखि शुरु भई सीमित अवधिको लागु हुनेछ ।

सस्तो डिलबाट सामान खरिद गर्दा धेरै सस्तो अफर

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ बर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ बर्षको लागि नयाँ अफर सार्वननिक गरेको हो ।

बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा  २ हजारसम्म छुट पाउन सक्नेछन् । यो योजना पनि चैत्र २९ देखि शुरु भई सीमित अवधिसम्म मात्रै लागू हुने बताइएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।