काठमाडौं – बीपी कोइराला भारत–नेपाल फाउण्डेशन काठमाडौं सचिवालयले  ‘१३१ औं भीम राव अम्बेडकर जयन्ती’ मनाएको छ । कार्यक्रमको उद्घाटन नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा रामवरण यादवको हातबाट सम्पन्न गरी अम्बेडकर जयन्ती मनाइएको हो ।

काठमाडौं विश्वविद्यालयमा सम्पन्न भएको कार्यक्रममा पूर्व सभामुख  दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



कार्यक्रममा डा यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा जस्ता विद्वानहरुले आफ्ना भनाइहरु राखे । कार्यक्रममा काठमाडौं विश्वविद्यालय–’नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीज’को पनि  उद्घाटन गरिएको थियो ।

सो अवसरमा नेपालका प्रथम राष्ट्रपति डा यादवले सामाजिक न्याय र समावेशीकरणका लागि डा भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गरे ।

पूर्व सभामुख ढुङ्गानाले नेपालसहित दक्षिण एसियाभरि नै अहिलेको परिपेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता माथि प्रकाश पारे ।