मकवानपुर – बागमती प्रदेश कांग्रेसका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरमा एमाले, माओवादी, राप्रपासहितका दल परित्याग गरेका एक सयभन्दा बढी नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् ।


ADVERTISEMENT


मंगलबार ईन्द्रसरोवर गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा  नेता  बानियाँले एक सयभन्दा धेरै स्थानीय नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।


ADVERTISEMENT

# # #


सभापति बानियाँले नवप्रवेशीहरूलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा सबैलाई सधैँ ढोका खुला रहेको बताए । उनले कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा विजयी बनाउन सबैसँग अपील पनि गरेका छन् ।

सभापति बनियाँले  नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई निजि खर्चमा एम्बुलेन्स हस्तान्तरणसमेत गरेका छन् ।

सभापति बनियाँले ईन्द्रसरोवर गाउँपालिका– १ मा रहेको स्वास्थ्य चौकीलाई मंगलबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । उनले इन्द्रसरोवर– १ का वडाध्यक्ष जमानसिंह वाइबालाई चाबी हस्तान्तरण गरे ।

स्व राजकुमार बानियाँको स्मृतिमा सभापति बानियाँले निजी खर्चमा एम्बुलेन्स किनेर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले राजनीति समाजसेवा भएको बताउँदै एम्बुलेन्स उपलब्ध गराउने कांग्रेस सभापति बानियाँलाई धन्यवाद दिए ।

बानियाँले राज्यबाट पाउने सेवा सुविधा समेत समाजसेवामा खर्च गरिरहेको  छन् । वडाध्यक्ष वाइबाले एम्बुलेन्स उपलब्ध गराएको भन्दै सभापति बानियाँलाई धन्यवाद दिए ।

एम्बुलेन्स हस्तान्तरण समारोहमा मार्खु स्वास्थ्य चौकीका प्रमुख सुवास राना, युवा नेता मीनकृष्ण महर्जन, ईन्द्रसरोवर गाउँपालिकाको कांग्रेस सभापति विश्व लामा, तरुण दल अध्यक्ष कृष्ण बलामी, समाजसेवी सुमन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।