काठमाडौँ– टिभिएस टू–ह्वीलर्सको‘ग्रयाण्ड एक्सचेन्ज मेला’ आजदेखि शुरु भएको छ । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स आयोजनामा बुधवारदेखि ‘ग्रयाण्ड एक्सचेन्ज मेला’ शुरु भएको हो ।


ADVERTISEMENT


भृकुटीमण्डपमा भैरहेको सो चैत्र २९ देखि वैशाख ३ सम्म सञ्चालने हुने कम्पनीले जनाएको छ । मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर घर लिएर जान सक्नेछन् ।


ADVERTISEMENT

# # #


यस्तै, एक्सचेन्ज मेलाअन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजारसम्म छुट पाउने छन् भने नयाँ सवारी खरिदमा किनु अगाडी नै http://tvsnepal.com/newyear/ मा दर्ता गरि ५० हजार रुपैयाँसम्मको छुट पाउन सक्ने र किनेपश्चात रु १ लाख सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यसै गरी शुन्य व्याजदरको सुविधा र मासिक ५,९९९ र (ईएमआई मा पनि टिभिएस खरिद गर्न मिल्ने कम्पनीले जनाएको छ।

यसका साथै हरेक टिभीएस मोटरसाइकल वा स्कुटरको खरिदमा मा निःशुल्क एक्सेसरिज(हेल्मेट, बाइक कभर, रेनकोट) पनि पाउन सकिने छ। जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।