काठमाण्डौं-एकसातापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापामा रोचक भिडन्त हुने देखिएको छ । झापा क्षेत्र नंं. ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका खगेन्द्र अधिकारी, ३ नं. क्षेत्रमा काँग्रेसका नेता कृष्ण सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्गदेन, १ नं. क्षेत्रमा काँग्रेसका विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार (राम) कार्की, ४ नं. क्षेत्रमा एमालेका एलपी साँवा र देवकुमार थेवे लगायतका नेता चुनावी मैदानमा रहेका छन् ।


ADVERTISEMENT


राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी फोरम नेपाललगायतका अन्य दलले पनि उम्मेदवारी दिए पनि मुख्यरूपमा काँग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ । अन्य जिल्लामा लोकतान्त्रिक गठबन्धन भए पनि झापा जिल्लामा सो गठबन्धन भत्किएको छ । राप्रपाले वाम गठबन्धनलाई नै सघाइरहेको छ ।


ADVERTISEMENT

# # #


यहाँ राप्रपाका महामहन्त्री राजेन्द्र लिङ्गदेनलाई जिताउनका लागि सो दलले मेची अञ्चलमै वाम गठबन्धनलाई सघाउने निर्णय गरेको छ । रापाप्रका महामन्त्री लिङ्गदेनलाई एमाले र माओवादी केन्द्रले सघाएको कारण सिटौला दबाबमा परेका छन् । वामगठबन्धनले राप्रपा नेपाललाई सघाएको विषयलाई आलोचना गर्दै उहाँले आफूलाई सो गठबन्धनले घेराबन्दी गरेको आरोप लगाए ।

लिङ्गदेनलाई आफ्नो विरुद्धमा उठाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गरेको आरोप लगाउँदै सिटौलाले यसमा पुनः विचार गर्न आग्रह गरे । उनले भने, ‘माथिका नेताले गल्ती गर्दैमा तलका कार्यकर्ता तथा नेताले मान्नै पर्छ भन्ने हुँदैन, बाउले गल्ती गरेपछि छोराले सुधार्नुपर्छ ।

’ जति गठबन्धन बनाए पनि यहाँका जनताले आफूलाई नै मत दिने विश्वास रहेको बताउँदै उहाँले लोकतन्त्रका लागि लडेका दल आज राजावादीलाई बोकेर हिँडेको देख्दा लोकतन्त्र नै खतरा परेको आफूले महसुस गरेको बताए ।