काठमाण्डौं-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी छोट्याएको छ ।


ADVERTISEMENT


म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ ले हराउँदै सिटिसँगको अंक दूरी ५ मा छोट्याएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एस्ली योङले दुई तथा एन्थोनी मार्सल र जेसी लिङगार्डले एक एक गोल गरे । वाट्फोर्डका लागि डिनी र डोउकोउरीले एक एक गोल फर्काए ।


ADVERTISEMENT

# # #


जितपछि म्यानचेस्टर युनाइटेडको १४ खेलबाट ३२ अंक भएको छ । एक खेल कम खेलको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३७ अंक छ । २६ अंक भएको चेल्सी तेस्रो र २५ अंक भएको आर्सनल चौथो स्थानमा छन् । पाँचौ स्थानको टोटनह्यामको २४ अंक छ ।