काठमाडौं – जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  डा बाबुराम भट्टराईले चुनावी खर्चबारे कोही पनि पानीमाथिको ओभानो नबन्न आग्रह गरेका छन् । सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।


ADVERTISEMENT


‘पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल गर्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो’, उनले भनेका छन्, ‘चुनावी खर्चबारे पानीमाथिको ओभानो कोही नबनौं।’ भट्टराईले २ बुँदे सुझाव पनि दिएका छन् ।


ADVERTISEMENT

# # #


तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका बनाउने र चुनावी खर्च राज्यले बेहोर्ने हो भने देशमा भ्रष्टाचार नहुने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं । ‘