काठमाडौँ– विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोज अधानम घेब्रेयस नेपाल आउने भएका छन् । घेब्रेयस वैशाख ८ गते पहिलो पटक नेपाल आउन लागेका हुन् ।


ADVERTISEMENT


स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा ८ वैशाखमा  गेहब्रेयससहितको टोली नेपाल आउन लागेको हो । उनीसंगै उनका टोली विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम खेत्रपाल सिंह, संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउने भएका छन् ।


ADVERTISEMENT

# # #


तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका सो टोलीले उक्त अवधिमा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने मन्त्रालयले जनाएको छ ।