काठमाडौं – युक्रेनलाई सैनिक सहायता गरेकोमा रुसले अमेरिकालाई ‘अनपेक्षित परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको छ ।


ADVERTISEMENT


रुसले औपचारिक रूपमा अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


रुसले उक्त चेतावनी एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको जनाइएको छ । बीबीसीका अनुसार दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो ।

उक्त कूटनीतिक नोट अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले ‘भविष्यवाणी गर्न नसकिने परिणाम’ निम्त्याउन सक्ने बताइएको छ ।

दुई दिनअघि मात्रै जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गरेको थियो ।

‘युक्रेनमा हतियार प्रणाली सहायता गर्नाले अप्रत्याशित परिणामहरू ल्याउन सक्छ’ अलजजीराले जनाएको छ, ‘हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैर जिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौँ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ।’