काठमाण्डौं-उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित ४ जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सख्त घाइते भएका हुन् ।


ADVERTISEMENT


उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार विस्फोटमा परी धनमाया धौलाकोटी, राजन कार्की र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता हुन् । बम विस्फोटलगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।


ADVERTISEMENT

# # #


चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।