प्रहरीले नेत्रविक्रम चन्र्द विप्लव’ नेतृत्वको नेकपाका समर्थक एक शिक्षकलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


सादा पोशाकमा रहेका प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न हुनसक्ने आंशकामा बिहीबार गुरास गाउँपालिका-८ स्थित श्रीकृष्ण आधारभुत विद्यालयका शिक्षक पदम नेपालीलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


उनी विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य रहेको बुझिएको छ ।

विप्लवु नेतृत्वको नेकपाका जिल्ला ईन्चार्ज रामलाल विश्वकर्माले विद्यालयमा पढाइरहेको अवस्थामा उनलाई विनाकारण नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

प्रहरीले भने शिक्षक नेपालीलाई साँझ साढे छ बजेतिर सामान्य सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको जनाएको छ ।