काठमाडौं – ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा  चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी वृत्त जाउलाखेलले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


ललितपुरको  नख्खु दोबाटोमा प्रहरी वृत्त जाउलाखेल प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक मिलन सिंहले सवारी चेकजाँच गर्ने क्रममा चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा नियन्त्रणमा लिइएको हो ।


ADVERTISEMENT

# # #


पछिल्लो समय काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी प्रमुख भएर आएपछि आर्थिक शून्य सहनशीलतामा थप कडाइ गरिएको छ ।

जोशी प्रमुख भएर आएपछि ट्राफिक व्यवस्थापनमा नियम उल्लंघन गर्नेलाई कुनै समझौता नगरी कारवाहीलाई कडा रुपमा लागु गरिएको प्रहरी स्रोतले बतायो।

मंगलबार चेकजाँच गर्ने क्रममा बा ४ ख ९३८ नं को  ट्रक  चालक नुवाकोट त्रिशुली घर भई हाल काठमाडौं गोलढुंगा बस्ने २२ बर्षका सिर्जन श्रेष्ठले ट्राफिक नियम उल्लंघन गरे बापत ट्राफिक कारबाही गर्न खोज्दा आर्थिक प्रलोभनमा पार्न खोजेको प्रहरीको दाबी छ ।

श्रेष्ठ सवारी इजाजतपत्रभित्र सय रुपैयाँ नगद हाली आर्थिक प्रलोभमनमा पार्न खोज्दा नियन्त्रणमा परेका हुन् । आर्थिक प्रलोभमनमा पार्न खोज्ने चालक र सवारी साधन आवश्यक कारवाहको लागि प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

उपरीक्षक  जोशीले नियम उल्लंघन गर्नेसँग कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । सोही निर्देशन बमोजिम हाल ट्राफिक प्रहरीमा आर्थिक शून्य सहनशीलताको नियमलाई कडाइका साथ लागु गरिएको निरीक्षक  सिंहले बताए