काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहमा चूनावी तालमेलका बिषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने जनाएको छ ।


ADVERTISEMENT


शनिबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महत्तले तालमेलको आवश्यक निर्णय गर्न स्थानीय तहलाई नै जिम्मा दिइएको भन्दै सहमति हुन नसके केन्द्रले टुङ्गो लगाउने बताए ।


ADVERTISEMENT

# # #


गठबन्धनका साझा उम्मेद्वार तय गर्न स्थानीय तहमा गठबन्धनबीच नै प्रतिष्पर्धा हुने सक्ने उनले बताए । तर गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पारे ।

उनले गठबन्धनको मूल मर्म र भावनाअनुसार हुनेसम्म तालमेल गर्न भनिएको जानकारी दिए । उनले तालमेलमा समस्या देखिए छलफलबाटै निष्कर्ष निकाल्न सकिने भएकाले बाहिर जथाभावी नबोल्न निर्देशन दिइएको बताए ।

महानगर र उपमहानगरका तहबाहेकका स्थानमा साझा उम्मेद्वार चयन गर्न केन्द्रले कुनै दवाव नदिएको उनले बताए ।