काठमाडौँ – समिट एयरको जहाज दुर्घटनाबाट बचेको छ । आइतबार काठमाडौँबाट सोलुखुल्बुको लुक्लानका लागि उडको समिट एयरको जहाज इन्जिनमा समस्या आएपछि बीचबाटै काठमाडौँ फर्किएको हो ।


ADVERTISEMENT


११ बजेर ५ मिनेटमा उडेको समिट एयरको ९एन-एएमपी कल साइनको जहाज उडेको १५ मिनेटमै काठमाडौँ फर्किएको हो । उडेको केहीसमयभित्रै जहाजको बायाँ तर्फको इन्जिनमा समस्या देखिएको थियो ।


ADVERTISEMENT

# # #


समस्या थापा पाउने बित्तिकै पाइलटले बीचबाटोबाटै तुरुन्त फर्काउँदै दायाँ इन्जिनको सहायतामा काठमाडौँमा सुरक्षित अवतरण गराएका हुन् । विमानमा १० विदेशी, ५ नेपाली र ३ चालकदलका सदस्यसहित १८ जना सवार रहेको बताइएको छ ।