सभामुख अग्नी सापकोटाले संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफुले गर्नुपर्ने दायित्य पुरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको गुनासो गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले सभामुखको काम कानून निर्माणमा नेतृत्व गर्ने, गुणस्तरिय कानून निर्मााणका साथै बनेका कानूनको संसदीय निगरानी गर्नु रहेको भएपनि त्यसका लागी आवश्यक वातावरण बनाउने ठूलो कुरा रहेको बताए ।

उचित वातावरण बनाउनका लागि आफुले पहल गरेपनि बिभिन्न अप्ठ्यारा रहेको उनको भनाई छ । सभामुख सापकोटाले असन्तुष्टि पोख्नु र आलोचना हुनु स्वभाविक भएपनि मुख्य कुरा निकास दिने नै भएको धारणा रारे ।

नेपाल कार्टुनिष्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सिलमा बैंशाख ६ गतेसम्म चल्नेछ । करिब तीन दर्जन कार्टुनिष्टहरुद्वारा पारिएका भ्रष्टाचारविरोधी काटुर्नहरु देशका सातै प्रदेशमा प्रदर्शन गर्ने क्लवले जनाएको छ ।