काठमाडौं – डिश मिडिया नेटवर्क लिमिटेड  (डिश होम ) ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री वालकल्याण आधरभुत विद्यालयमा  शनिबार  एक कार्यक्रम का विच उक्त विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरेको छ।


ADVERTISEMENT


११० जना बिद्यार्थी रहेको उक्त विद्यालयका बिद्यार्थीहरुलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहितको झोला वितरण गरेका हुन्।


ADVERTISEMENT

# # #


डिश होमको उक्त कार्येक्रममा एवाद्धता जनाउँदै नयन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फवाट वाटर डिस्पेन्सर ,पानीको जार , डस्टविन , लगायत अन्य सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई हस्तान्तरण गरिएको छ।

उक्त कार्येक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनोद नेपाली, डिसहोम का एरिया सेल्स मेनेजर प्रदिप सुबेदी ,सेल्स अफिसर बिमल मान थापा , खेमराज देवकोटा ,सहकारीका प्रतिनिधिहरु , विध्यलायाका शिक्षकहरु ,अभिभावक र विद्यार्थीहरु को उपस्थिति रहेको थियो। ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रदिप सुबेदीले डिश होमले देशैभरि बिद्यार्थीहरुको उज्वल भविष्यको लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।