काठमाडौं – सरकारले निलम्बन गरेका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि मंगलबार सुनुवाइ हुने भएको छ ।


ADVERTISEMENT


रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिएको हो । पदमुक्त गर्नका लागि आफूविरुद्ध जाँचबुझ समिति बनाएको भन्दै अधिकारी सर्वोच्च पुगेका हुन्।


ADVERTISEMENT

# # #


गत चैत २४ मा मन्त्रिपरिषद्ले गभर्नरलाई निलम्बन गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भणडारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको छ।

हाल उनी स्वतः निलम्बनमा छन् । गभर्नर अधिकारीले जाँचबुझ समितिलाई कामकाज गर्न रोक लगाउन र आफूलाई नियमित काममा फर्काउन अन्तरिम आदेशको समेत माग गरेका छन्।