काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले जेष्ठ नागरिकलाई विभिन्न धार्मिक, पर्यटकीय र मनोरम स्थानहरूको भ्रमण गराउनका लागि प्रत्येक वर्ष ‘ज्येष्ठ नागरिक देशदर्शन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


मंगलबार सार्वजनिक पार्टीको घोषणापत्रमा उक्त कुरा समेटिएको हो । घोषणापत्रमा स्थानीय सरकारहरूले ज्येष्ठ नागरिकको सम्मान, सहयोग र सुरक्षामा विशेष ध्यान दिने बताइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै हरेक पालिकाहरूले ज्येष्ठ नागरिकहरूका लागि विविध सुविधासहितका क्लबहरू निर्माण गर्ने, उनीहरुको रुचि, क्षमता, सिप र ज्ञानका आधारमा काम गर्नका लागि अवसर प्रदान गर्ने समेत बताइएको छ ।

यस्तै हरेक पालिकामा रहेका महिला जनप्रतिनिधिहरूको नेतृत्वमा ‘महिला अधिकार संरक्षण समिति’ गठन गरिने समेत घोषणापत्रमा उल्लेख छ । शारीरिक रूपमा अपाङ्गता भएका मानिसहरूलाई रोजगार बनाउनका लागि आवश्यक तालिम उपलब्ध गराउनुका साथै व्यवसाय गर्नका लागि निर्ब्याजी ऋण प्रदान गर्ने, सबै संरचनाहरु अपाङ्गमैत्री बनाउने समेत एकीकृत समाजवादी पार्टीले घोषणापत्रमा समेटेको छ ।

यस्तो छ घोषणापत्रको पूर्ण पाठ: