काठमामाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएको हो ।


ADVERTISEMENT

# # #


सोमबारदेखि नै निर्णायक छलफलमा जुटेका सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले मध्यरातसम्मको छलफलपछि चुनावी तालमेलको खाका तयार गरेका हुन् । तर समझदारीपत्रमा हस्ताक्षर भने भइनसकेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव डा। विजय पौडेलका अनुसार छ महानगर मध्ये तीनवटा नेपाली काँग्रेसलाई र अन्य तीनवटा क्रमशः माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई दिने गरी छलफल केन्द्रित छ ।

त्यसै गरी, ११ उपमहानगरपालिकामध्ये सात वटाको नेतृत्व नेपाली काँग्रेस, दुईवटा माओ वादी केन्द्र र एक–एकवटा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने गरी छलफल भएको उनले बताए ।  गोरखापत्र दैनिकबाट ।