झापा – मेडिकल उद्यमी दुर्गा प्रसाईंले हल्दिवारी गाउँपालिकामा एक हजार जनालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् ।
मंगलबार बिर्तामोड स्थित बीएण्डीसी अस्पतालका सञ्चालक प्रसाईंले हल्दिबारीका एक हजार स्थानीयलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएका हुन् ।
बीएण्डीसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सञ्चालक प्रसाईले यस्ता कार्यक्रमहरु आफूले निरन्तर जारी राख्ने बताए । यसअघि पनि बीएण्डीसी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईले अहिले राजनीतिसँगै स्वास्थ्य क्षेत्रमा पनि ठुलो योगदान पुर्याउँदै आइरहेका छन् ।
उनले सोमबार मात्रै हल्दिबारी गाउँपालिकामा लामो समयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवाको उद्दार गरी अस्पतालमा निःशुल्क उपचार गराईरहेका छन् ।