काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस आज नेपाल आउने भएका छन् । स्वास्थ्य सचिव रोशन पोखरेलले गेहब्रेयससहितको टोली आज नेपाल आइपुग्ने जानकारी दिए ।


ADVERTISEMENT


उनकाअनुसार टेड्रोस तीन दिनसम्म रहने छन् । उनीसँग रिजनल डाइरेक्टर पनि आउने छन् । डा टेड्रोस अहिले भारतको भ्रमणमा छन्, उनी भारतबाट नेपाल आउन लागेका हुन् । उनी इन्डिगो एयरलाइन्सबाट आज दिउसो १२ः२५ बजे नेपाल आइपुग्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा रहँदा उनले स्वास्थ्य क्षेत्रका उच्च अधिकारीसँग भेटघाट गर्नेछन् । नेपालको औपचारिक भ्रमणका क्रममा डा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा परराष्ट्र मन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मुख्य कुरा कोभिडले नेपालमा पारेको प्रभाव र नियन्त्रण गर्न खेलेको भूमिकाको बारेमा जानकारी गराउने कार्यक्रम रहेको पोख्रेलले जानकारी दिए ।