काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


बिहीबार नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिसभा विघटन बिल्कुल सही भएकाले गलत भएको कुरा नबोल्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘केही केही साथीहरुले यसो मौका परेका बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ, यस्तो खालका गलत कुराहरु हाम्रो सल्लाहकार परिषद्का कोही पनिकम्रेडहरुले भुलचुकले पनि नबोल्न म आग्रह गर्छु ।’ ओलीले प्रतिनिधिसभा विघटन सही थियो भन्ने कुरा प्रमाणित भएको बताए ।

उनले थपे, ‘वास्तवमा प्रतिनिधिसभाको विघटन बिल्कुल जायज, आवश्यक थियो र नै आज हामी यहाँ छौँ । आज प्रमुख शक्तिको हैसियत हामीले किन कायम गरेका छौँ र देशमा एमालेको लहर कसरी सिर्जना गरेका छौँ ।’

उनले प्रतिनिधिसभा विघटन नगरेको भए एमाले गन्तव्यहीन, दिशाहीन भएर खत्तम हुने अवस्था आउने थियो भन्ने टिप्पणी गरे । उनले भने, ‘एमाले ध्वस्त बनेर प्रचण्ड माधव नेपालजस्ताको कब्जामा हुने थियो । भाईलाई के बनाउने, बुहारीलाई के बनाउने, छोरीलाई के बनाउने, कसलाई के बनाउने ? त्यसैमा केन्द्रित भएर समाप्त हुन्थ्यो यो पार्टी ।’

उनले एमाले ठिक समयमा ठिक कदम चालेर अघि बढेको दाबी समेत गरे ।