चितवन – औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबारबाट सुरु भएको छ।


ADVERTISEMENT


शुक्रबार चितवन प्रदर्शनी केन्द्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै औषधि उत्पादक संघ (एपोन)को आयोजनामा उक्त एक्स्पो सुरु भएको हो । उद्घाटनपछि बोल्दै राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको र आगामी दिनमा धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


उनले औषधि उत्पादनका छेत्रमा लगानी बढाउनुपर्ने जोड दिँदै औषधिको आयातलाई रोकेर अब नेपालले निर्यातमा समेत ध्यान दिनुपर्ने बताइन् । औषधि उत्पादनलाई उद्योगको रुपमा विकास गर्दा रोजगारीको समेत सिर्जना हुनुका साथै यसले राष्ट्रिय अर्थतन्त्रमै ठूलो सहयोग पुर्याउने जनाउँदै राष्ट्रपति भण्डारीले सरोकारवालाले यसमा प्राथमिकताका साथ काम गर्नुपर्ने उल्लेख गरिन् ।

यस्तै नेपाल औषधि उत्पादन संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा पनि औषधि उत्पादन हुन्छ र भन्ने अवस्थाबाट अहिले १ सय भन्दा बढी औषधि उद्योगहरु संचालित रहेको अवस्थासम्म पुगेको बताए ।

उनले नेपाली औषधि उधोगलाइ प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने बताए । अध्यक्ष पाण्डेले कूल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएको जानकारी दिए ।

यस्तै एपोनका पुर्व अध्यक्ष दीपकप्रसाद दाहालले औसषधिमा आत्मनिर्भर हुन चाहेको बताए । वि.सं २०२७ मा रेबिजको भ्याक्सिन बनाउन थालिएको, २०३६ सालमा औसधि बनाउन सुरु भएको र हाल ७२ उधोगले औषधि उत्पादन गरिरहेको तथ्याङ्क प्रस्तुत गरे । बाँकी ३२ कम्पनी बजारमा औषधि उत्पादन गर्ने क्रममा रहेको समेत उनले जानकारी दिए ।

यस्तै एपोनका निवर्तमान अध्यक्ष जिनारायण छेत्रीले औषधि आत्मनिर्भरको लागि धेरै लबिङ गरेको भएपनि सफल हुन नसकेको जनाए। कोरोना कालमा भारतले औसधि निर्यातमा निषेध गरेको भन्दै उनले त्यो बेला पनि नेपालमा औषधि अभाव नभएको बताल्लेख गरे । नेपाली औषधि पनि अन्तरास्ट्रिय स्तरको रहेको उनको भनाई थियो ।

यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने बताए । कार्कीले औषधि व्यवस्थापन विभागले औषधि क्षेत्रमा सहजताका लागि काम गर्नुपर्ने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय क्षेत्रमा ठुलो घाटा व्यहोरेको भए पनि औषधि उधोगमा प्रगति हुँदै गएको जनाए । उनले औसधि ऐन २०३५ शंसोधन गर्नुपर्ने आवश्यकता समेत औँल्याउँदै उनले सरकारले उद्योगमैत्री नीति–नियम ल्याउनुपर्ने उल्लेख गरे । गोल्छाले प्रदर्शनी खरिद बिक्रीको लागि मात्र नभई नीति निर्माणमा पनि फलदायी हुने विश्वास व्यक्त गरे ।

सुडानको एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुर्राष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिए । संयोजक बरालका अनुसार एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने छन् ।

उनले प्रदर्शनीले औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नवीन प्राविधिक ज्ञान दिने विश्वास लिएको बताए ।

तस्बिर : रासस