काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आइतबार एका कार्यक्रमबीच बालेनले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


सार्वजनिक प्रतिवद्धतापत्रमा बालेनले स्थानीय सरकारलाई डिजिटल बनाउने, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता लगायतका कागजात र वृद्ध भत्ताको ‘होम डेलिभरी’ गर्ने, जनशक्ति उत्पादन र परिचालनका लागि आइडिया बैँक स्थापना गर्ने, नेपाल भाषा, रञ्जना लिपी र नेपानल संवत्को प्रवर्द्धन गर्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


बालेनले प्रतिवद्धतापत्रमा प्रत्येक वडामा स्थास्थ्य क्लिनिक खोल्ने, खेल मैदान, खेलकुद केन्द्र, पार्क र व्यायाम केन्द्र बनाउने उल्लेख गरेका छन् । यस्तै पूर्वाधार मर्मतका लागि भौतिक पूर्वाधार एम्बुलेन्स सुरुवात गर्ने, सार्वजनिक शौचालय, सार्वजनिक कार्यालयमा स्तनपान र शिशु नर्सिङ कोठाको व्यवस्था गर्ने बताएका छन् ।

यस्तै इतिहास, योग, आयूर्वेदजस्ता पौराणिक शिक्षासँगै विश्वस्तरीय शिक्षासँग जोड्न सकिने प्रविधियुक्त कक्षा १ देखि ८ सम्मको पाठ्क्रम परिमार्जन गर्ने समेत उनले प्रतिवद्धतापत्रमा जनाएका छन् ।

उनले पर्यटनलाई स्थानीय वासिन्दाको जीवनचर्यासँग जोड्ने, अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कलाका माध्यमबाट काठमाडौँलाई ब्राण्डिङ गर्ने, शतप्रतिशत विद्युतीय सवारी साधानको थालनी गर्ने, महानगरभित्रका बहुतले भवन भाडामा लिएर बहुपार्किङ बनाउने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

उनले प्रतिवद्धतापत्रमा काठमाडौँको फोहोर व्यवस्थापन, प्रदूषण नियन्त्रणका लागि विभिन्न योजनाहरु अघि सारेका छन् ।

घोषणापत्रको पूर्ण पाठ हेर्नुहोस्: