काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले उमेद्वारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंको सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले उमेद्वारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि शाहले स्थानीय तहमा स्वतन्त्र व्यक्ति पुगेर काम गर्दा सकारात्मक नजिता आउने दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यो राजनीति गर्ने थलो होइन । मेयर भनेको कम्पनीको सीईओ जस्तो कुरा हो । उसले शिक्षा, स्वास्थ्य, पूर्वाधार, फोहार व्यवस्थापन लगायतका ज्ञान राख्नुपर्छ । राजनीतिक पार्टीबाट मेयर बन्दा उसले पार्टीबाट बन्धनमा बसेर काम गर्न सक्दैन । जसन स्वतन्त्र व्यक्तिले सहज रुपमा काम गर्न सक्छ ।’

स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने आफुहरुको सिद्धान्त रहेको र आफुलाई युवाहरुको साथ रहेको उनले बताए । त्यस्तै उनले कांग्रेस र एमालेको भोट काट्नका लागि उम्मेद्वारी दिएको र आफ्नो जित सुनिश्चित रहेको धारणा राखे ।

उनले भने, ‘कसैले भोट काट्न आएको भन्छन्, हो म काँग्रेस एमालेको भोट काट्न मात्रै होइन जित्न आएको हुँ ।’