झापा – झापामा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सबै उमेदवार टुंगो लगाएको छ। गएराति प्रदेश समितिले एक नम्बर प्रदेशका अधिकांश पालिकामा उमेदवारको टुंगो लगाएको हो ।


ADVERTISEMENT


मनोनयन दर्ताको आज अन्तिम दिन बिर्तामोड नगरपालिकाको मेयरमा भोजराज सिटौला उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको १ नंम्बर प्रदेश समितीले बिर्तामोड नगर सभापति तथा बिर्तामोड ३ का वडाध्यक्ष सिटौलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


गठबन्धनका तर्फबाट बिर्तामोडको मेयर कांग्रेस र उपमेयर माओवादीले पाएको हो।

त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी, भद्रपुरको मेयरमा गणेश पोखरेल, कन्काईको मेयरमा रूद्र चिमरिया, गौरादहको मेयरमा रोहित शाह, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, शिवसताक्षी नगरपालिकाको मेयरमा पर्शुराम ढुंगाना, कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई, झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह ,कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशीलाई उम्मेदवार बनाउने टुंगो लागेको छ।

त्यस्तै मेचीनगर नगरपालिकाको मेयरमा केशव पाण्डे र हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीलाई उम्मेदवार बनाउने भएको छ।