काठमाडौं – सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरूबीचको झडपमा आइतबार कम्तिमा १६८ जनाको मृत्यु भएको एक सहायता समूहले जनाएको छ ।


ADVERTISEMENT


सन् २००३ मा सुरु भएको गृहयुद्धले क्षतविक्षत भएको डार्फरमा गत वर्षको अक्टोबरदेखि विशेष गरी भूमि, पशुधन, पानी र चरनमा पहुँचको विवादका कारण द्वन्द्व बढेको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो हिंसा पश्चिमी डार्फरको क्रिंक क्षेत्रमा भएको स्वतन्त्र सहायता समूह जनरल कोर्डिनेसन फर रिफ्युजी एन्ड डिस्प्लेस्डका प्रवक्ता एडम रेगलले बताए ।

‘आइतबार भएका हमलामा कम्तीमा १६८ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्’, रेगालले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।

दुई जनजातिको हत्याको बदला लिन सशस्त्र जनजातिहरूले गैर–अरब मासलित अल्पसंख्यकका गाउँहरूमा आक्रमण गर्दा हिंसा सुरु भएको सहायता समूहले बताएको छ । शुक्रबार कम्तीमा ८ जनाको मृत्यु भएको थियो ।