काठमाण्डौं-काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु.१ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १९ घाइते भएका छन् ।


ADVERTISEMENT


बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना.६ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो ।


ADVERTISEMENT

# # #


सात यात्रुको घटनास्थलमै र एकको उपचारको क्रममा काठमाडौं स्थित बी एन्ड बी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साँझसम्म मृतक पाँचजनाको मात्रै सनाखत भएको छ ।

अर्खाखाँचीका ५२ वर्षीय नुधराज अधिकारी, दैलेखका ३२ वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाटका ५० वर्षीय कृष्ण ढकाल, अर्घाखाँचीको सन्धिखर्ककी ४३ वर्षीया लक्ष्मी पौडेल र नवलपरासीको देवदह नगरपालिकाका अन्दाजी २५ वर्षीय दीपक पाण्डेको मृत्यु भएको छ । पौडेलको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पाँच घाइतेको काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा, दुईको ग्रान्डी अस्पतालमा, दुईको कुरिनघाट स्थित मनोकामना पोलिक्लिनिकमा र बाँकीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सहचालक सुनील क्षेत्रीका अनुसार बसमा ३२ यात्रु थिए ।