काठमाण्डौं-भक्तपुरको सूर्यविनायक नगरपालिका ८ नैचालमा बुधबार सवारी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।


ADVERTISEMENT


सूर्यविनायक नपा ९ स्थित आशापुरी महादेवस्थानबाट डोलेश्वर महादेवतर्फ आउँदै गरेको बा ८ च २४३१ नम्बरको निजी मारुती सुजुकी कार दुर्घटना हुँदा चालक सूर्यविनायक नपा ९ नलिञ्चोक घर भई हाल काभ्रेको २२ किलो जनागालमा बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कार सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । मृतक खत्रीको शव पोस्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।