काठमाडौँ– जीतपुर – सिमरा उपमहानगरपालिकाको उपमेयरमा मेघा शाहीको नाम चयन भएको छ । सत्तारूढ गठबन्धन उनलाई उपमेयरको उम्मेद्वार बनाएको हो ।


ADVERTISEMENT


नेविसंघकी पूर्व केन्द्रीय सदस्य शाही कांग्रेसभित्र सम्भावना बोकेकी युवा नेतृ हुन् । सत्ता गठबन्धनले आज गर्न लागेको मनोनयन दर्तामा सो महानगरपालिकामा मेयर माओवादी र उपमेयर कांग्रेसको भागमा परेको हो ।


ADVERTISEMENT

# # #


उपमहानगरको विकासको लागि आफ्नो जित अनिवार्य भएको बताउँदै उपमेयरको उम्मेद्वार शाही भन्छिन्, ‘नयाँ मोडल स्थापित गर्ने गरि काम गर्छौ । कांग्रेसले अवसर पाउँदा सँधै काम गरेर देखाएको छ ।’ शाहीले देशकै ठुलो मध्यको एक क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको अध्यक्ष भएर काम गरिसकेकी छन् ।

यस्तै, शिक्षा र राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानुन शास्त्रमा स्नातक समेत गरेकी उनलाई एक बलियो दाबेदार उम्मेद्वारको रुपमा हेरिएको छ ।